सम्पादकीय: संक्रमणबाट जोगिन सतर्कता

विश्वव्यापी रुपमा फैलिएको कोभिड (१९)को संक्रमणको जोखिम अझै कायम छ । चीन लगायतका छिमेकी देशमा ओमिक्रोनको सबभेरिअन्ट बीएफ.७ त्रिब्र रुपमा फैलिएको छ । प्रारम्भिक प्रतिवेदन अनुसार छोटो समयमा धेरै व्यक्तिलाई संक्रमण गर्ने सो सब भेरियन्ट भारतमा पनि देखा परेपछि नेपालले सतर्कता अपनाउन थालेको छ ।
सरकारले जोखिम उत्पन्न हुन सक्ने भएकोल सर्वसाधारण नागरिकलाई सजग गराएको छ । यद्धपी अहिलेसम्म कोभिड (१९)को उक्त प्रकार नेपालमा देखा परेको पुष्टि भइसकेको छैन । नेपालले नयाँ भेरीअन्ट रोकथाम तथा नियन्त्रणको लागि सिमा नाका तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिने ज्वरो मापन, स्क्रिनिङ, निगरानी सतर्कता अपनाउन थालेको छ ।
नेपालमा दुई वर्षअघि अर्थात् सन् २०२१ को जनबरीबाट कोभिड विरुद्धको खोप थालिएको हो । नेपालमा दुई वर्षको अवधीमा पूर्ण मात्रा लिनेको संख्यामा ८२ प्रतिशत छ । करिब चार महिनाअघि सार्वजनिक गरिएको सरकारी विवरणअनुसार लक्षित उमेर समूह अर्थात् १२ वर्ष र माथिल्लो उमेर समूहमा झन्डै ९६ प्रतिशतले कोभिड खोप लगाएका छन् ।
तर बूस्टर खोप लगाउनेको प्रतिशत ३८ जतिमा सीमित भएकाले चिन्ता जाहेर गर्ने अवस्था आएको हो । किनकी बूस्टर खोप लगाएका व्यक्ति चीन लगायत छिमेकी मुलुकमा फैलिएको बीएफ.७बाट जोगिन सक्छन् । नेपालमा कोभिड खोप स्वेच्छिक रूपमा लगाइँदै आएको छ । नेपालमा कोभिडको प्रकोप घट्दै जाँदा बूस्टर लगाउन पनि मानिसहरूको रुचि कम भएको हो ।
पूर्ण मात्रा खोप लिने मानिसमा १२ देखि १८ महिना एन्टिबडी (रोगप्रतिरोध क्षमता प्रदान गर्ने तत्व) कायम रहने वैज्ञानिक अनुसन्धानले देखाएको छ । त्यसैले अहिलेको सन्दर्भमा आफूलाई सुरक्षित राख्न यथासम्भव बूस्टर खोप लगाउन आवश्यक छ । चीनमा कोभिडको अर्को लहर फैलिन थालेपछि नेपालमा बूस्टरका रूपमा मात्र लगाउन मिल्नेगरी कोभिड खोपको माग सरकारले गरेको छ ।
दुई खेपमा गरेर १५–१५ लाख फाइजरले उत्पादन गरेको ‘बाईभ्यालन्ट’ खोप पठाइदिन खोपसम्बन्धी विश्वव्यापी सञ्जाल गाभीसँग अनुरोध गरेको छ । गाभीमार्फत् पहिलो खेपमा आउने १५ लाख मात्रा खोप अनुदानमा आउने सरकारको भनाई छ । त्यसप्रति सर्वसाधारणहरूको रुचि हेरेर मात्रा थप १५ लाख मात्रा खोप मगाउने योजना सरकारको छ । नेपालमा पहिलो र दोस्रो मात्रा खोप ‘बहुसंख्यक’ मानिसहरूले लगाइसकेका छन् ।
बाँकीका लागि अन्य खोपहरू उपलब्ध रहेकोले अहिलेको नयाँ सब भेरिअन्टबाट नागरिकलाई जोगाउन अबको जोड बूस्टर खोपमा दिनु पर्छ । त्यसैले अर्को कुनै भेरिएन्ट आयो भनेर त्रसित हुनु भन्दा पनि खोपमै जोड दिनुपर्छ । सर्बसाधारणमा मास्कको अनिवार्य उपयोग एवं हातको सर सफाई कायम राख्नु पर्छ । नियमित रुपमा सेनिटाइजरको प्रयोग गर्ने, भौतिक दुरी कामय गर्दै जनस्वास्थ्यका मापदण्डको पालनामा पनि ध्यान दिन आवश्यक छ ।









एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया