युआरएल हस्पिटलचोकमा नयाँ समिति

समाधान संवाददाता २०७९ पुष २४ गते १२:०५

पोखरा ।
युआरएल हस्पिटलचोक डाइग्नोस्टिक प्रालिको प्रथम साधारण सभाले सर्वसम्मत ७ सदस्यीय सञ्चालक समिति चुनेको छ । प्रालिको अध्यक्षमा ठाकुरप्रसाद पन्त र प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला छन् । सदस्यमा सन्दीप अर्याल, बिमला भण्डारी, सूर्य पौडेल, मणि न्यौपाने र लालबहादुर गुरुङ छन् ।

२०७८ साल वैशाख १ गतेबाट पोखराको हस्पिटलचोकमा यो ल्याब सुरु भएको हो । करिब ३ करोड लगानीमा स्थापना भएको यो प्रयोगशालाले गएको पुस १५ गतेबाट २४ सै घन्टा सेवा दिने सुरु गरेको छ । साधारणसभाले सेवा विस्तारका लागि तत्काल १ करोड लगानी थप गर्ने निर्णयसमेत गरेको छ ।

हिस्टोप्याथोलोजी सेवा र पिसिआर सेवा पनि सुरु गर्ने तयारी छ । फुल्ली कगलो मिटरबाट प्रोटिन सिएस, फिबिरोजिन र फेक्टरहरुको रक्त परीक्षण सेवा तत्काल थप गरिने अध्यक्ष पन्तले जानकारी दिए । उनले भने, ‘क्षेत्रीय अस्पतालमा आउने सेवाग्राहीलाई सहज बनाउन गुणस्तरीय ल्याब खोल्यौं, सेवाग्राहीलाई राति पनि असुविधा नहोस् भनी २४ सै घन्टा सेवा दिएका छौं ।’

Advertisement

अध्यक्ष पन्तले गण्डकी प्रदेशवासीलाई स्थानीय रुपमा अत्याधुनिक ल्याब सेवा प्रदान गर्न लागिपरेको बताए । उनले युआरएल फाउन्डेसनमार्फत सामाजिक उत्तरदायित्वका कामलाई निरन्तरता दिइने बताए ।

गण्डकी प्रदेशकै पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरीले अहिले मुख्य कार्यालयसहित १० शाखा, ४ सेवा केन्द्र र ४ कलेक्सन सेन्टरबाट सेवा दिइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया