अम्बिका भागवत् फाउन्डेसनको सभा

पोखरा ।
अम्विका भागवत् फाउन्डेसन नेपालको तेस्रो साधारण सभा तथा सम्मान अर्पण कार्यक्रम भएको छ । कार्यक्रम उद्घाटन गर्दै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले संस्थालाई दिगो बनाउन साधनस्रोत, अर्थ र जनशक्ति आवश्यकता रहेको बताए । उनले फाउन्डेसनले छोटो समयमा महत्वपूर्ण कार्य गरेकोमा खुसी व्यक्त गरे ।
संस्थालाई सफल बनाउन तन, मन, बचन र कर्मले लागि पर्नुपर्नेमा उनको जोड थियो । फाउन्डेसनले गर्दै आएको शान्ति मावि जुम्लेटीको कार्यक्रममा नेलम्बो नेपालले सहकार्य गर्ने घोषणासमेत उनले गरे ।
कार्यक्रममा मानार्थ सदस्यबाट सम्मानित व्यक्तित्व कुसुमकेशव पराजुलीले संस्थाले गरेका कामको खुलेर प्रशंसा गरे । उनले संस्थासँग सहकार्य गरेर कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले सहकार्य गरेर कार्यक्रम गर्न सकिने बताए ।
संस्थाका संरक्षक अम्बिका नेपाल, रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारी, डाँफे मनास्लु कृषि फार्मका अध्यक्ष दावाकुमार लामा, संस्थाका उपाध्यक्ष अम्बिका भण्डारी, बाल सदस्य निश्चल श्रेष्ठ लगायतले बोलेका थिए ।
फाउन्डेसनका अध्यक्ष भागवत् नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव देवी श्रेष्ठ गरेकी थिइन् । कार्यक्रममा प्रगति प्रतिवेदन सचिव देवी श्रेष्ठ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष माधवी नेपाल प्रस्तुत गरिन् ।
शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको संस्थाले शान्ति मावि जुम्लेटी, आनन्द ज्योती मावि बेगनास र वह्म ज्योति आधारभूत विद्यालय भरतपोखरी गरी १ सय २२ जना विद्यार्थीलाई अध्ययनका लागि सहायत गर्दै आएको छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया