मुख्यमन्त्री भएपछि अधिकारीको पहिलो खाना शहिद परिवारसँग

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मुख्यमन्त्री भएकै दिन सोमबार साँझ शहिद परिवारसँग खाना खाएका छन् । अधिकारीले मादी गाउँपालिका १० का सहिद ऋषि सुवेदीको परिवारसँग उनीहरुकै घरमा गएर खाना खाएका हुन् ।
सुवेदीले पार्टीका लागि गरेको योगदान र सर्मपणको सम्मान गर्दै मुख्यमन्त्रीले खाना खाएको रुपागाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । गण्डकी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा पुग्नु शहिदहरुको कारणले नै सम्भव भएको भन्दै शहिद परिवारसँग भेटघाट गरेको ओझाले बताए ।
ओझाका अनुसार मुख्यमन्त्री अधिकारीले खाना खाने समयमा शहिदको योगदानलाई बिर्सन नहुने, उचित सम्मान र पहिचान पाउनुपर्ने बताएका थिए ।
ऋषि सुवेदीको २०६४ सालको निर्वाचनको दिन हत्या भएको थियो । उनी निर्वाचनमा नेकपा एमालेका तर्फबाट मतदान केन्द्रमा एजेन्टका रुपमा खटिएका थिए । ऋषि सुवेदीको परिवार हाल पोखरा ११ फुलबारीमा बस्दै आएका छन् ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया