वडासदस्यलाई जातिय विभेद गरेको आरोपमा पोखरा २४ का वडाध्यक्ष पक्राउ

पोखरा ।
पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन् । आफ्नै वडा सदस्यलाई जातीय विभेद गरेको आरोप लागेका अधिकारीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
वडा सदस्य मैया नेपालीले वडाध्यक्षले अपमानजनक अपशब्द बाेलेर जातिय विभेद गरेको भन्दै उजुरी दिएकी थिइन् । नेपालीलाई ‘तेरो परिवारको हैसियत के हो ? वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरी लुछ्न खोज्छेस्’ जस्तो अपमानजनक शब्द प्रयोग गरेको भन्दै वडाध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै उजुरी दिएकी थिइन् ।
अधिकारीले पटकपटक अमयार्दित अमानवीय, गैरकानुनी शब्दहरु प्रयोग गरेर दुव्र्यवहार गर्दै पदीय दायित्व भुलेकाले कारबाहीको माग गरिएको थियो ।
वडा सदस्य नेपालीलाई पुस १८ गते लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाहरुको भेलामा अध्यक्ष र अन्य सदस्यहरुबीच दोहोरो संवाद हुँदै गर्दा अपमानजनक शब्द बोलेको उजुरीमा उल्लेख छ ।








हाटबजार र कृषि प्रणाली
सम्पादकीय—आप्रवासनमा नारा र व्यवहारबिच खाडल
पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया