कालिका आधारभूत विद्यालय ३४ वर्षमा

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ३२ मजुवास्थित कालिका आधारभूत विद्यालयको ३३ औं वार्षिकोत्सव एवं अभिभावक दिवस आइतबार भएको छ । समारोहमा विद्यालयको स्थापनामा योगदान गर्ने व्यक्तित्वसहित उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ ।
गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने विश्वास दिलाइन् । पोखरा ३२ का वडाअध्यक्ष अक्कलबहादुर कार्कीले गुणस्तरीय शिक्षामा जोड दिँदै वडाका तर्फबाट निरन्तर सहयोग गने उल्लेख गरे ।
नेपाली काँग्रेस कास्की क्षेत्र नं १ का सभापति राजेन्द्रमणि लामिछानेले आम सर्वसाधारणलाई शिक्षामा समान अवसर दिलाउने लक्ष्यसहित विपी कोइरालाले पार्टीको स्थापना गरेको स्मरण गरे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमबहादुर गुरुङले विद्यालयलाई सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा प्रधानाध्यापक द्रोणराज सुवेदीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । शिक्षक अभिभावक संघ अध्यक्ष मोहनकुमार प्रधानले गुणस्तरीय शिक्षामा विद्यालयले जोड दिएको बताए ।
समारोहमा समाजसेवी खेमराज अधिकारी, विद्यालय व्यवस्थापन समिति सदस्य अप्सरा थापा, मजुवा समाजका अध्यक्ष दीलबहादुर गुरुङ, उज्ज्वल आमा समूहका अध्यक्ष पवित्रा अधिकारी, मिलिजुली आमा समूहका अध्यक्ष प्रेमकुमारी गुरुङ, कृष्णकुमारी वाग्ले लगायतले बोलेका थिए ।
कालीबहादुर प्रधानको परिवारजनले कालीबहादुरको स्मृतिमा विद्यालयमा ६० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरे । कृष्णकला वाग्लेले छात्रवृत्ति कोषमा २१ हजार रुपैयाँ र मीनबहादुर आलेले ५ हजार ५ सय रुपैयाँ राख्ने बताए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया