राज्यले पृथ्वीनारायण शाहलाई बल्ल न्याय गर्याे: मन्त्री गुरुङ

पोखरा ।
गण्डकी प्रदेशका विना विभागीय मन्त्री पञ्चराम गुरुङले १६ वर्ष पछी राज्यले पृथ्वीनारायण शाहमाथी न्याए गरेको बताए । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले शाहको जन्म जयन्ती मनाएर राम्रो काम गरेको उनले सुनाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले आयोजना गरेको ३ सय १ औं पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा पोखरा १८ को जामुनबोटमा रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यापर्ण गर्दै गुरुङ पृथ्वीको भानाई अहिले पनि अनुशरण गर्नुपर्ने रहेको बताए ।
‘नेपाल दुई ढुंगाबिचको तरुल हो’ ‘घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्’ यस्ता दिव्योपदेशका दूरगामी तथा अर्थपूर्ण सरल परिभाषा अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । आज भन्दा ३ सय वर्ष अघिको पृथ्वीको दिब्य उपदेश अहिले लागू गर्नुपर्ने मन्त्री गुरुङको भनाइ छ ।
‘स्वाभिमान नेपाली र स्वतन्त्र नेपालीको लागि पुष २७ हर्सको दिन हो,’ गुरुङले भने, पृथ्वीनारायण शाह राजा मात्र थिएनन् दुर्दशाी मात्र थिएनन् देश र जनताको लागि इमान्दार भएर देश र जनताको लागि राष्ट्र निर्माता पनि थिए ।’
इतिहास भुल्न हुदैन भन्दै पृथ्वीले राष्ट्र निर्माणमा दिएको योगदान संविधानमा नै समावेश गर्नुपर्ने बताए । विशाल नेपाल बनाउन अभियान गर्नुभयो । यो अभियान कुनैपनि हालतमा बिर्सन हुदैन ।
डाक्टर दिलबहादुर क्षेत्रीले राष्ट्रिय प्रजान्त्र पार्टीले मात्र नभइ सम्पुर्ण नेपाली जनताले पृथ्वीलाई सम्झनुपर्ने बताए ।पृथ्वीलाइ जाती र संस्कार र समुदाय भन्दामाथी राखेर सबैको साझा बनाएर सम्मान गर्नुपर्ने हुन्छ ।
आजभन्दा लगभग ३०० वर्षअघि २२ से अनि २४ से राज्यहरूका रूपमा नेपाल एउटा विभाजित अनि स–साना राजा रजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वीनारायण शाहको जन्म भएको हो, आधुनिक नेपालको संरचना, सपना, स्वीकारोक्ति अनि गोर्खाली वीर सिद्धान्तका प्रतिपादक यिनै महान् राजालाई मानिन्छ ।
विक्रम संवत् १७७९ पौष २७ मा पिता राजा नर भूपाल शाह र माता कौशल्यावती देवीका प्रथम पुत्र पृथ्वीनारायण शाहले नै आधुनिक नेपालको खाका कोरेका हुन् । पृथ्वी नारायण शाहको पालामा हालको भारत अधीन रहेको तत्कालीन पन्जाबदेखि सिक्किमसम्मका नेपाली भूभाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उति बेला रहेको थियो ।
यी राजालाई नेपाल मात्र नभई दक्षिण एसियासम्म एउटा दूरदर्शी अनि राष्ट्रियताको प्रतीक नेतृत्वका रूपमा हेरिन्छ । हरेक वर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षोल्लास पूर्वक मनाइन्छ । केवल एउटा राजाको जन्मदिन मात्र नभई सिं नेपालको पहिचान अनि नेपालीपनको बिगुल फुकिएको र झकझक्याउने दिनका रूपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाइन्छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया