वडा १५ मा खेलकुद महोत्सव

पोखरा ।
पोखरा १५ को आयोजनामा सुरु भएको वडा १५ स्तरिय बृहत खेलकुद महोत्सवमा ९ सयभन्दा बढी खेलाडीले सहभागिता जनाएका छन् । महिला तथा पुरुषतर्फका विभिन्न ८ वटा इभेन्ट हुँदैछन् ।
प्रतियोगिताको औपचारिक उद्घाटन बिहीबार पोखरा महानगरका मेयर धनराज आचार्यले गर्दै छन् । वन विज्ञान अध्यायन संस्थानको मैदानमा बुधबारदेखि नै खेल अनौपचारिक रुपमा सुरुवात भएका छन् । वडा १५ का वडाध्यक्ष तोरण बानियाँले रेफ्री भक्त गुरुङलाई बल हस्तान्तरण गर्दै अनौपचारिक रुपमा खेल सुरुवात गरे ।
‘औपचारिक उद्घाटन बिहीबार हँुदै छ, सहभागी खेलाडी धेरै भएकाले ३ दिनमा प्रतियोगिता नसकिने भएपछि खेल सुरु गर्यौं,’ वडाध्यक्ष बानियाँले भने । प्रतियोगिता संयोजकसमेत रहेका वडा सदस्य आशीष भण्डारीका अनुसार अन्तर क्लब फुटबलमा १७, विद्यालय स्तरीयमा ५, महिला भलिबलमा ११, पुरुष भलिबलमा ९, रस्साकसीमा १८ टिमले भाग लिएका छन् ।
त्यस्तै ४० वर्ष माथिका महिला दौडमा ७१ जनाले, ५० वर्ष माथिको पुरुष दौडमा २६ जनाले तथा फरक क्षमता भएकाको बास्केट बल प्रतियोगितामा २० जना खेलाडीले भाग लिएका छन् । वडाको युवा लक्षित कार्यक्रम अन्तर्गत खेलकुद महोत्सव आयोजना गरिएको प्रतियोगिता संयोजक आशीष भण्डारीले जानकारी दिए ।
‘स्वस्थ्य समाज निर्माण र आपसमा भाइचारा सम्बन्ध प्रगाढ पार्न यो प्रतियोगिता आयोजना गरिएको हो,’ भण्डारीले भने । यो कार्यक्रमलाई वडाको वार्षिक कार्यक्रममा राखेर बर्षेनी सञ्चालन गरिने उनको भनाइ छ । पुष ३० गतेसम्म प्रतियोगिता चल्नेछ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया