जनप्रकाश माविको वार्षिकोत्सव

लेखनाथ ।
पुस २७ को राष्ट्रिय एकता दिवसलाई पोखरा २९ मा रहेको जनप्रकाश माविले वार्षिकोत्सवका रुपमा मनाउने गरेको छ । राष्ट्रिय एकताको सन्देश दिने गरी विद्यालयलेस्थापना विस २०१५ साल चैत्र १५ गते भए पनि २०४५ सालदेखि नै पुस २७ गते वार्षिकोत्सव मनाउँदै आएको छ ।
विद्यालयका संस्थापक भोजराज भण्डारीले स्याउलाको छानामुनि गुन्द्रीमा बसेर पढ्नु परेको स्मरण गरे । अहिलेका पक्की भवनभित्र बसेर कम्प्युटरबाट पढ्न पाइने प्रविधि प्रयोग गरी गुणस्तरीय शिक्षाको माध्यमबाट असल नागरिक उत्पादन गर्नुपर्नेमा उनको जोड छ ।
विद्यालय निरीक्षक विश्वराज आचार्य, वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, लेखनाथ नगरपालिकाका संस्थापक नगर प्रमुख शालिकग्राम पौडेल लगायतले समयानुकूल शिक्षा प्रणाली प्रयोगमा नल्याउने हो समाजअघि बढ्न नसक्ने बताए । विद्यालयका प्रधानाध्यापक शेखरनाथ शर्माले भावी योजनासहितको प्रगति विविरण पेश गरे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष कमल पुलामी, सहायक प्रधानाध्यापक गोपीराज अधिकारी, शिक्षक सालिक सुवेदी, जनप्रकाश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी, कक्षा ११/१२ का संयोजक मनोज पौडेल, गण्डकी बहुप्राविधिक शिक्षालयका प्रमुख लक्ष्मण तिमिल्सेना, शिक्षा समिति सदस्य प्रमोद भण्डारी, सल्लाहकार मोती गिरी, अभिभावकको तर्फबाट ईश्वरी सापकोटा, शिक्षक मिनु घले, विद्यार्थी क्याथरिङ गुरुङ लगायतले बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया