कुश्मामा लायन्स क्लबकाे आँखा शिविर

समाधान संवाददाता २०७९ पुष २८ गते १२:३८

पोखरा ।
लायन्स क्लब अफ पोखरा लेकसिटी तथा दृष्टिविहीन कल्याण संघ कास्कीको संयुक्त आयोजनामा पर्वत जिल्ला कुश्मा नगरपालिकाको शिवालय माविमा मंगलबार आँखा जाँच शिविर भएको छ ।

हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा भएको शिविरमा २ सय २० जनाको आँखा परीक्षण गरिएको लायन्स क्लब अफ लेकसिटी एवं कार्यक्रमका अध्यक्ष कैलाशदेव पालिखेले जानकारी दिए । तीमध्ये २१ जनाको विशेष उपचार र ६७ जनालाई निःशुल्क औषधी वितरण गरिएको छ ।

कार्यक्रममा लायन्स क्लब इन्टनेसनल ३२५ के नेपालका साइट फस्र्ट चिफ टोपबहादुर थापाले आँखा परीक्षण शिविर आयोजना गरेर उदाहरणी कार्य गरेको बताए । शिवालय मावि व्यवस्थापन समिति अध्यक्ष तथा कुश्मा ६ का वडाध्यक्ष ईश्वर गिरीले पछिल्लो समय बढ्दै गएको आँखाको समस्या निरुपणमा यस्ता कार्यक्रमले सघाउने विचार व्यक्त गरे ।

Advertisement

हिमालय आँखा अस्पतालका दृष्टिरोग विशेषज्ञ डाक्टर नवीन बरालले बेलैमा आँखा जाँच गराए दृष्टिविहीन हुनबाट बच्न सकिने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया