मन्त्री बन्ने हल्ला चलेका राेशन गाहा एमालेकाे प्रमुख सचेतकमा नियुक्त

पाेखरा ।
नेकपा एमाले गण्डकी प्रदेश सभाकाे प्रमुख सचेतकमा नवलपुरबाट निर्बाचित प्रदेश सभा सदस्य राेशन गाहा नियुक्त भएका छन् ।
आज बसेकाे एमाले संसदीय दलकाे बैठकमा मुख्यमन्त्री एवं एमाले गण्डकी प्रदेश सभाका संसदीय दलका नेता खगराज अधिकारीले गाहालाई प्रमुख सचेतमा नियुक्त गरेकेा जानकारी दिए ।
गण्डकी प्रदेश सरकारमा मन्त्री बन्ने सम्भावित सांसदका रुपमा गाहाकाे नाम आइरहेकाे थियाे । ०७४ काे निर्बाचनमा पनि प्रदेश सभा सदस्य निर्बाचित भएका गाहा पृथ्विसुब्बा गुरुङ मुख्यमन्त्री भएकाे बेला पनि मन्त्रीकाे दावेदार थिए ।
यस पटक पुन प्रदेश सभामा निर्बाचित भएपछि एमालेवृत्तमा उनी पहिलाे चरण मै मन्त्री बन्नछन् भन्ने चर्चा थियाे । तर मुख्यमन्त्री अधिकारीले उनलाई प्रमुख सचेतक नियुक्त गरे । गाहालाई प्रमुख सचेतका नियुक्त गर्नु भनेकाे यस पटक उनकाे मन्त्री बन्ने सम्भावना सकिएकाे एक प्रदेश सभा सदस्यले समाधानलाई बताए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया