मुख्यमन्त्री अधिकारीले भाेलि विश्वासकाे मत लिने

पाेखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भाेलि शुक्रबार विश्वासकाे मत लिने भएका छन् ।
गण्डकी प्रदेश सभा स्थित एमाले संसदीय दलकाे कार्यलयमा आज बसेकाे संसदीय दलकाे बैठमा मुख्यमन्त्री अधिकारीले साे कुराकाे जानकारी दिएका हुन् ।
३३ जना प्रदेश सभा सदस्यकाे समर्थन सहित मुख्यमन्त्री बनेका अधिकारीलाई विश्वासकाे मत पाउन सहज छ । अधिकारीकाे पक्षमा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङकाे समर्थन छ ।
मुख्यमन्त्री नियुक्त भए लगत्तै राजधानी गएर एमाले अध्यक्ष केपी शर्मा ओलाी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्केका अधिकारीले विश्वासकाे मत लिए पछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
एमाले श्राेतले दिएकाे जानकारी अनुसार मुख्यमन्त्री अधिकारीले नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई भेटेर विश्वासकाे मत माग्ने तयारी गरेका छन् । सघीय सरकारलाई विश्वासकाे मत दिएकाे कांग्रेसले प्रदेश सरकारलाई पनि विश्वासकाे मत दिएर सहकार्य गर्न मुख्यमन्त्रीले आग्रह गर्ने दावी श्राेतकाे छ ।
तपाईको प्रतिक्रिया