दुर्घटनाग्रस्त विमानमा लोक गायिका निरा छन्त्याल पनि सवार
समाधान संवाददाता
२०७९ माघ १ गते १४:०५

पोखरा ।
पोखरामा आइतबार भएको जहाज दुर्घटनामा बागलुङकी लोक तथा दोहारी गायिका निरा छन्त्याल पनि सवार रहेको खुलेको छ । उनी पोखरा छन्त्याल समाजको कार्यक्रममा सहभागी हुन आएकी थिइन् । छन्त्याल दुर्घटनाग्रस्त भएको यती एयरलाइन्स ६१९ फ्लाइट विमानको सिट नम्बर ११ डीमा बसेकी थिइन् । अहिले उनको अवस्था कस्तो छ, कुनै जानकारी छैन ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो । विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया