विमान दुर्घटनामा परेर लोकगायिका निरा छन्त्यालको निधन

समाधान संवाददाता २०७९ माघ १ गते १६:४४

पोखरा ।
पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर लोकगायिका निरा छन्त्यालको मुत्यु भएको छ। उनको मृत्यु भएको खबर उनकी दिदी हिरा छन्त्यालले पुष्टि गरेकी छन्।

दिदी हिराका अनुसार निरा पोखरा छन्त्याल समाजको कार्यक्रममा सहभागी हुन आएकी पोखरा आएकी थिइन् । गायिका छन्त्यालले आफ्नै युट्युब च्यानलमार्फत लाइभ दोहारी गाउँथिन् जुन चर्चित छन् । उनले यसै वर्ष ‘संगीनी’ बोलको तीज गीत पनि गाएकी थिइन्।

आइतबार पोखरामा दुर्घटनाग्रस्त भएको विमानमा दुई पाइलट, दुई जना एयर होस्टेससहित ७२ जना यात्रु सवार थिए।

Advertisement

तपाईको प्रतिक्रिया