रहेनन् पत्रकार त्रिभुवन पौडेल
समाधान संवाददाता
२०७९ माघ १ गते १८:१७

पोखरा ।
यती एयरलाइन्सको आइतबार पोखरामा भएको जहाज दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको शव खनाखत भएको छ । प्रेस सेन्टरको सचिवालय बैठकका लागि काठमाडौं गएका पौडेल आइतबार उक्त जहाजमा पोखरा आउँदै थिए ।
बिहान ११ बजे दुर्घटना भएकाे जहाजमा ७२ जना सवार थिए । तीमध्ये ६८ जनाको शव फेला परिसकेको छ । शवहरु पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोस्टमार्टम कक्षमा राखेर सनाखतको प्रक्रियामा लगिएको थियो । पत्रकार पौडेलको पाइन्टमा वालेट र उनको परिचयपत्रसमेत भेटिएका आधारमा उनको शव पहिचान भएको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पौडेल पोखरा हटलाइन दैनिकका सम्पादक हुन्। २० वर्षदेखि पत्रकारितामा क्रियाशील ३७ वर्षे पौडेलका श्रीमती र छोरा छन् ।
सम्बन्धित









सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
चिप्लेढुंगामा केएफसी सञ्चालन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया