शव पोस्टमार्टमका लागि काठमाडौंबाट टोली आउँदै
समाधान संवाददाता
२०७९ माघ २ गते १२:२९

पोखरा ।
जहाज दुर्घटनाबाट ज्यान गुमाएकोहरुको पोस्टमार्टम् काठमाडौंबाट डाक्टर बोलाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका प्रमुख डाक्टर भरत खत्रीले जानकारी दिए । ‘पोस्टमार्टम्का लागि राष्ट्रिय टिम गठन गरेका छौं । काठमाडौंबाट डाक्टरहरु आउदै हुनुहुन्छ उहाँहरु आउने वित्तिकै हामीले पोस्टमार्टम् गरेर छिटोभन्दा छिटो आफन्टको जिम्मा लगाउने छौं,’ उनले भने ।
७२ जना सवार जहाज दुर्घटनाबाट हालसम्म ६८ जनाको शव फेला परेको छ । बाँकी ४ जनाको खोजी कार्य जारी छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया