जहाज दुर्घटनामा निधन भएकाको शव सैनिक हेलिकोप्टरबाट काठमाडौं लगिँदै

समाधान संवाददाता २०७९ माघ ३ गते १०:४५

पोखरा ।
पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकामध्ये ५० जनाको शव मंगलबार बिहान काठमाडौँ लगिने भएको छ। बाँकी २० जनाको शव भने पोखरामा परीक्षणपछि आफन्तलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी शाही जानकारी दिए ।

Advertisement

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा शव लगिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनले आज पोखराको मौसम सफा रहेकाले बिहान १० बजेपछि शव काठमाडौँ पुग्ने बताएका हुन् । शव ल्याउनका लागि सेनाको हेलिकोप्टर सोमबारै पोखरा आएको थियो ।

दुर्घटनामा बेपत्ता २ जनाको खोजीकार्य बिहानैदेखि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजीकार्य गरिरहेका छन्।

तपाईको प्रतिक्रिया