छाेरीकाे शव पर्खिरहेकी विह्वल आमा
आफूलाई पानी र दुध खुवाइरहेकाहरुलाई भन्दै थिइन्, ‘मेरो बाबाले केही खाएकै छैन । मलाई मात्र कति दिन्छौं । कसैले मेरो बाबालाई दिओ ।’

सञ्जय रानाभाट, पोखरा ।
जहाज दुर्घटनाको खबर सुनेर कोपिला शाही काठमाडौंबाट पोखरा आइपुगेको आइतबार बेलुकै हो । बिहानै घर छाडेर पोखरा हिँडेकी छोरी दुर्घटनामा परेको खबर पाउनासाथ पोखरा हानिएकी कोपला अझै अर्धचेत छिन् ।
सोमबार दिनभरि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मै छोरीको शव कुरिरहिन् । कुर्दा कुर्दै उनको ओठमुख सुकिसकेका थिए । आँखाका परेली सुख्ख भइसकेका थिए । आँसुको मूल नै सुकिसकेका थियो । तर, उनले छोरीको शव पाउन सकिनन् ।
माघे संक्रान्तिमा बुबालाई तरुल बोकेर पोखरा आएकी संगीता आमालाई जति सक्दो छिटो फर्कन्छु है मामु भनेकी थिइन् । ‘बुबालाई पनि सँगै लिएर फर्कन्छु भनेकी थिई । किन यस्तो गरेको नि छोरा । छिटो फर्केर आइज न त,’ संगीतालाई सम्झँदै सोमबार दिनभरि भक्कानिइन् कोपिला ।
संगीताको परिवार काठमाडौं नै बस्ने भए पनि व्यवसायका कारण २० दिनअघि उनका बुबा चन्द्र शाही पोखरा आएका थिए । चाडपर्वमा बुबा पोखरामा एक्लै भएको र मामा घर पनि नगएको धेरै भएकाले संगीता बिहानै आमा कोपिलासँग माघी मनाएर दिउँसो बुबासँग चाडपर्व मनाउन आएकी थिइन् ।
पोखरा लेकसाइडमा बुवाको ट्राभल्स एजेन्सी भएकाले उनी बेलाबेला पोखरा आइरहन्थिन् । संगीता पनि बुबाको व्यवसायीलाई हेर्थिन् । २३ वर्षीया संगीता आफूले पनि काठमाडौंको गोंगबुमा मेकप आटिस्टको काम गरिरहेकाले पोखरा नआएको धेरै भएको थियो ।
कोपिलाकी एक्ली छोरी हुन् संगीता । आमाको काख खाली बनाएर संगीता यो संसारबाट बिदा भइन् । छोरी गुमाउँदाको त्यो चोटले कोपिला अचेत भइन् । स्वास्थ्य बिग्रन नदिन उनका आफन्तले कोपिलालाई चम्चाले पानी खुवाइरहे । कोपिला भन्दै थिइन्, ‘मेरो बाबाले केही खाएकै छैन । मलाई मात्र कति दिन्छौं । कसैले मेरो बाबालाई दिओ ।’
बुबा चन्द्र शाही त आफूलाई सम्हालिरहेका छन्, तर आमा कोपिला बेहोसजस्तै भइन् । श्रीमान् दिनभर श्रीमतीकै वरिपरि छन् । श्रीमतीको चिच्याहट, त्यो रोदन र छोरी गुमाउनु पर्दा चोटबीच वातावरण अनुकूल बनाउँदै थिए चन्द्र शाही । छोरीको शव पहिचान भइसक्दा पनि कोपिलाले छोरीको शव सोमबार पाइनन् । आफन्तहरूले दिनभर शव पर्खिरहे ।
पोखराका लागि आइतबार १० बजेर ५० मिनेटमा काठमाडौंबाट उडेर आएको जहाज पोखरामा दुर्घटना हुँदा संगीता पनि परेकी थिइन् । पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानको परिसर दुर्घटनाका मृतकका आफन्तहरुले भरिभराउ थियो । सबै शवकै प्रतीक्षामा थिए ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया