सम्पादकीय: विपद् नबिर्साैं, सिकौं

नयाँ विमानस्थलबाट सिधै विदेश उडानको अपेक्षा थियो । अपेक्षा यथार्थमा परिणत हुन नपाउँदै अप्रत्यासित राष्ट्रिय शोक आइपर्यो । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ६९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । बेपत्ता ३ जनाको खोजी र उद्धार जारी छ । यो दुर्घटनाले नेपालीलाई मर्माहत बनाएको छ ।
प्रत्यक्ष रुपमा आफन्त गुमाउनेको असीम पीडा त छँदै छ, यसै पटक ७२ जना नेपाली गुमाएपछि नेपालको हवाई यात्रा र अबको सम्भावनामाथि पनि प्रश्न उठेको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन गठित विमान दुर्घटना जाँच आयोगले काम सुरु गरेको छ । विमानको ‘ब्ल्याक बक्स’ सोमबार बिहान भेटिएको छ । ब्ल्याक बक्स आयोगलाई बुझाइसकिएको छ । ब्ल्याक बक्स विमान दुर्घटनाका कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ ।
ब्ल्याक बक्समा फ्लाइट राडर रेकर्ड र ककपिट भ्वाइ रेकर्ड हुन्छ । सरकारले आइतबार दुर्घटनामा परेको यती एयरलाइन्सको विमानको दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन ५ सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे छन् । दुर्घटनाका कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको हो ।
आयोगलाई ४५ दिनको समयावधि दिइएको छ । आयोगले दुर्घटनाका कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।
गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो । नेपालको आकासमा अहिलेसम्म एक सयभन्दा बढी दुर्घटना भएका छन् । अधिकांश घटनाको कारण पत्ता लगाउन आयोग बनाइन्छन् । तर ती प्रतिवेदन न सार्वजनिक हुन्छन्, न दुर्घटना कम गर्ने उपायहरु अवलम्बन गरिन्छन् ।
यो दुर्घटनाले नेपाली आकास सुरक्षित नभएको देखाएको छ । यती एयरलाइन्स र यसकै अर्काे सहायक कम्पनी तारा एयर गरी सन् २००४ देखि हालसम्म ७ विमान दुर्घटनामा परिसकेका छन् । विमान दुर्घटनाका शृंखलाले यो कम्पनीको हवाई उडान सुरक्षा, विश्वसनीयता, गुणस्तरीयता, व्यवस्थापन लगायत थुप्रै विषयमा प्रश्न उठाएको छ ।
जहाज सही तवरले उडान भर्न र अवतरण गर्न मौसम, उपकरण, सञ्चार, नियमन आदिलगायत सबै पक्षको एकसाथ सहयोग चाहिन्छ । कुनै एक पक्षको मात्र गल्ती वा कमजोरीले घातक दुर्घटना हुन सक्छ । नेपालमा नियमन पक्ष कमजोर छ ।
नेपालको उडानलाई युरोपियन युनियन लगायत आइकाओले कालो सूचीमा राखेको थियो । दुर्घटनाको पीडामा चिन्तामा बसेर जीवन चल्दैन । चिन्तन गरी न्यूनीकरणका उपाय खोज्नुपर्छ । विपद्को बिर्सिदै फेरि नयाँ विपद्को शिकार हुनबाट जोगिन सजगता जरुरी छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया