सम्पर्कविहीन २ जनाको खोजी गर्न सेतीनदीकाे पानी घटाइयो
समाधान संवाददाता
२०७९ माघ ३ गते १६:५८

पोखरा ।
सम्पर्कविहीन रहेका २ जनाको दुर्घटनाको तेस्रो दिन मंगलबार पनि पत्ता नलागेपछि खोजी गर्न सेती नदीको पानी घटाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख टेक बहादुर केसीका अनुसार सम्पर्कविहीन रहेका २ जना खोजी कार्यमा जटिल भएपछि सेती नदीको पानी घटाइएको हो ।
सेती नदीको पानीलाई याम्दीको पुलबाट सिँचाइका लागि बनाइएको नहरमा हालिएको छ । नदीको पानी घटाइएसँगै मंगलबार गोताखोरसहित ड्रोनको प्रयोग गरिएको छ । ड्रोन प्रयोग गरी सोमबार २ जनाको शव पत्ता लगाइएको थियो ।
दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार ७ वटा शव फेला परेको थियो । आइतबार काठकाडौंबाट पोखरातर्फ आउँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो । विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए ।
सम्बन्धित








न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया