शुभ सिद्धार्थ सहकारीमा नयाँ समिति

समाधान संवाददाता २०७९ माघ ४ गते १२:५३

पोखरा ।
शुभ सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार भएको १२ औं वार्षिक साधारणसभा एवं पाँचौं अधिवेशनले सञ्चालक समिति अध्यक्षमा विनोदप्रसाद श्रेष्ठलाई निर्वाचित गरेको छ । समिति उपाध्यक्षमा हिराकाजी श्रेष्ठ, सचिव सचिन श्रेष्ठ, र कोषाध्यक्ष गणेशलाल श्रेष्ठ छन् ।

Advertisement

सदस्यमा शान्ता श्रेष्ठ, उमाकुमारी ठकुरी, सूर्यप्रसाद मर्सानी, कृष्णप्रसाद श्रेष्ठ र अनिल श्रेष्ठ चुनिए । लेखा सुपरिवेक्षण समितिमा संयोजक सोमत लिगल, सदस्यमा दीपेन्द्र मर्सानी र प्रमोदनिधि तिवारी छन् । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजक दामोदर अधिकारीले पद तथा गोपनीयताको सपथ गराएका थिए ।

सभामा समाजसेवी भक्तराज श्रेष्ठ, सेयर सदस्य मदनकुमार मुल्मी, नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक भवानी माकाजू, संगम बचत तथा ऋण सहकारीका सञ्चालक भरतबहादुर थापा, सहज ट्रेड बचत तथा ऋण सहकारीका उपाध्यक्ष सरीता ताम्राकार, सिद्धार्थ क्लबका अध्यक्ष पार्वती माकाजु, सेयर सदस्यहरु जमुना तिमिल्सिना अधिकारी, मदनकुमार मुल्मी, सुशीलकुमार श्रेष्ठ र उमाकान्त पोखरेलले बोलेका थिए ।

Advertisement

सभामा अध्यक्ष रामनारायण श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष गणेशलाल श्रेष्ठले आर्थिक प्रतिवेदन तथा अनुमानित आय व्यय विवरण र लेखा समितिको प्रतिवेदन संयोजक सोमत लिगलले पेश गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया