सस्तोमा इन्टरनेट सेवा दिँदै वाइफाइ नेपाल

समाधान संवाददाता २०७९ माघ ४ गते १२:५५

पोखरा ।
पोखरा, दमौली र लेखनाथ बासीले अब सस्तोमा इन्टरनेट सेवा प्राप्त गर्ने भएका छन् । मंगलबार एक कार्यक्रमका बीच वाइफाइ नेपालले उक्त सेवा विस्तार गर्ने घोषणा गरेको हो ।

काठमाडौंमा सफलता पूर्वक सुरुवात भई सञ्चालनमा रहेको यस इन्टरनेट सेवा प्रदायक संस्थाले महिनाको ५ सय रुपैयाँमा नै ८० एमबिपिएस स्पिडको इन्टरनेट उपलब्ध गराउने वाइफाइ नेपालका सिइओ शत्रुधन पञ्जियारले बताए । वाइफाइ नेपालबाट अहिले ५० एमबिपिएस र ८० एमबिपिएसको इन्टरनेटको सुविधा छ ।

५० एमबिपिएस स्पिडको इन्टरनेटको सेवा महिनाको मात्र ३ सय ३३ रुपैयाँमा सेवाग्राहीले प्रयोग गर्न पाउनेछन् ।
‘घरायसी तथा व्यापारिक ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सस्तोमा इन्टरनेट सेवा विस्तार गर्न लागेका हौं । पोखरा, दमौली र लेखनाथमा एकैसाथ सेवा विस्तार गर्न लागेको खबर सुनाउँदा खुसी लागेको छ’, उनले भने ।

Advertisement

आफूहरुले निम्न र मध्यम वर्गीय परिवारलाई लक्षित गर्दै उक्त सेवा प्रदान गर्न लागेको जानकारी उनले दिए । हाललाई नेपालका प्रमुख सहरमा सेवा विस्तार गर्ने लक्ष्य रहेता पनि आगामी समयमा गाउँ गाउँमा वाइफाइ नेपालको इन्टरनेट सेवालाई विस्तार गर्ने योजना उनले सुनाए ।

‘छिटो तथा भरपर्दो इन्टरनेट पहुँचको आवश्यकता र महत्व अहिले धेरै नै छ । निम्न र मध्यम वर्गीय परिवारको इन्टरनेट चलाउने आवश्यकतालाई परिपूर्ति गर्ने तवरले वाइफाइ नेपाल लन्च गरेका हौं । हाललाई सहर केन्द्रित भएता पनि भोलिका दिनमा ग्रामीण भेगमा समेत सेवा विस्तार गर्ने योजना हाम्रो छ’, उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया