लेकसाइडमा त्रिपुरा लाउन्ज बार

समाधान संवाददाता २०७९ माघ ५ गते १०:४१

पोखरा ।
पोखराको लेकसाइडमा ८ करोडभन्दा माथिको लगानीमा त्रिपुरा लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । लामो समयदेखि पोखरामा एसियना म्यारक्यु क्लब सञ्चालन गर्दै आएका व्यवसायी सुमनकुमार श्रेष्ठले यसको सञ्चालन गरेका हुन् ।

लाउन्जको डिजाइन रोयल स्टाइलमा गरिएको छ । २ सय वर्ष अगाडि नेपालका राजा बस्ने दरबारको झल्को दिने गरी आफूले त्रिपुराको भवन निर्माण गरेको दाबी उनको छ । ‘पोखरामा पछिल्लो समय थुप्रै रेस्टुरेन्ट सञ्चालनमा आएका छन् । हामीले केही फरक गर्ने कोसिस गरेका छौं । राजाहरु बस्ने दरबार शैलीमा भवनको स्टक्चर निर्माण गरिएको छ । आशा छ, पोखरेलीलाई मन पर्नेछ’, उनले भने ।

लाउन्जको टप फ्लोरमा पृथ्वीनारायण शाहको शालिक निर्माण गरिएको छ । रेस्टुरेन्टमा इतिहास झल्काउने गरी राजाहरुको तस्बिरसमेत राखिने श्रेष्ठले बताए । कोरोना अघिदेखि सुरु भएता पनि निर्माणको काम अहिले आएर सम्पन्न भएको भनाइ उनको छ ।

Advertisement

नेपालमा दक्ष कालिगढको अभावका कारण भारतबाट कालिगढ बोलाएर काम गरेता पनि बीचमा नै उनीहरुले काम छाडेका कारण निर्माण कार्यमा ढिलाई भएको उनले सुनाए । पछि नेपालकै कालिगढबाट उनले सो काम सम्पन्न गरे ।

लेकसाइड १५ नम्बर स्ट्रिटभित्र एक रोपनी जग्गामा फैलिएको त्रिपुरामा पारिवारिक वातावरणमा ग्राहकले सेवा लिन पाउने उनले बताए । ‘लगानी बढी लाग्यो भन्दैमा धेरैले महंगो छ भन्नुहुन्छ होला । तर त्यस्तो छैन । सुलभ दरमा सेवा पाउनुहुनेछ’, उनले भने ।

Advertisement

त्रिपुरामा चाँदीको थालमा चाँदीकै चम्चाले खाना खाने सुविधा रहेको उनले बताए । म्यानेजर विकास गुरुङले त्रिपुराको विशेषता भनेकै क्लासिक वातावरण रहेको उल्लेख गरे । उनले क्याफे, लबिहल, लाइभ म्युजिक सहितको सेवा त्रिपुरामा उपलब्ध रहेको जानकारी गराए । उनले केही निर्माणको काम बाँकी रहेकाले अबको १ महिनामा त्रिपुराको ग्रान्ड ओपनिङ गर्ने तयारीका साथ आफुहरु लागिरहेकोसमेत बताए ।

त्रिपुराका सञ्चालक श्रेष्ठ बक्सिङका राष्ट्रिय खेलाडी हुन् । खेल जीवनसँगै उनी व्यवसायमा लागे । १५ वर्षदेखि लेकसाइडमा नै क्लब सञ्चालन गरेका श्रेष्ठले नै त्रिपुराको इन्टरियर डिजाइन गरेका हुन् ।

तपाईको प्रतिक्रिया