मोहरपानी टोलमा श्रीराम

पोखरा ।
मोहरपानी आदर्श टोल विकास संस्था पोखरा १३ आर्वाको शनिबार भएको तेस्रो अधिवेशनले श्रीराम सिग्देलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा श्रीराम बराल, सचिव शिवराज बराल, सहसचिव बद्रीप्रसाद देवकोटा र कोषाध्यक्षमा नमुना बराल छन् ।
कार्यसमिति सदस्यमा सूर्यबहादुर सिग्देल, सीतादेवी बराल, विकास बराल, शंकर बराल, राजन सिग्देल, केशव बराल, गोपीनाथ बराल, पोषबहादुर परियार, अनिता परियार र गीता परियार छन् । सल्लाहकारमा कृष्णप्रसाद बराल, ऋषिराम सिग्देल, रामजी सिग्देल, नरबहादुर बराल र सावित्री सिग्देल छन् ।
कार्यक्रममा पोखरा १३ का वडाध्यक्ष किरण बरालले समग्र वडाको विकास, निर्माणको काममा टोल विकास संस्थाहरुको उल्लेखनीय भूमिका रहने बताए । संस्थाका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी देविरमण सापकोटाले आफू विदेशमा रहेर पनि आफ्नो ठाउँबाट सक्दो योगदान गर्ने बताए ।
वास्थला गनगने पंधेरा खोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष नरबहादुर बरालले कतिपय विकास निर्माणका काममा जिम्मेवार तह नै अन्योल र मौन रहने गरेको गुनासो गरे ।
कार्यक्रममा सहेले सालघारी वन उपभोक्ता समिति अध्यक्ष विष्णुप्रसाद बराल, संस्थाका सल्लाहाकार ऋषिराम सिग्देल, आदर्श बचत तथा ऋण सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद बराल, जागरण आमा समूहकी कार्यवहाक अध्यक्ष गीता देवकोटा, आदर्श अर्गानिक कृषक समूहका अध्यक्ष शिवप्रसाद बराल, काहुँखोला टोल विकास संस्थाका अध्यक्ष माधव सिग्देल, ऐश्वर्या टोल विकास संस्थाका अध्यक्ष बुद्धीराज बराल लगायतले बोलेका थिए ।
कार्यक्रममा अध्यक्ष श्रीराम सिग्देलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष नमुना बरालले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया