उपसभामुखको निर्वाचन ७ गते
समाधान संवाददाता
२०७९ माघ ५ गते १६:३५

पोखरा ।
प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन माघ ७ मा हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराएका हुन् ।
उपसभामुखको निर्वाचनका लागि संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ । सचिवालयलाई उक्त निर्वाचनसम्बन्धी सूचना आजै जारी गर्न बैठकले निर्देशन गरेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया