३४ शव परिवारलाई बुझाइयो

पोखरा ।
यती एयरको विमान दुर्घनामा मृत्यु भएकामध्ये ४६ शवको फरेन्सिक जाँच सकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार अस्पताल पु¥याइएका ७१ मध्ये २४ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र २२ जनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फरेन्सिक परीक्षण गरिएको हो ।
माघ १ गते आइतबार पोखरामा भएको दुर्घटनमा परेकामध्ये बिहीबार दिउँसोसम्म ३४ जनाको शव परिवारलाई बुझाइएको छ । विमानमा सवार ७२ जनामध्ये १ को अवस्था अझै अज्ञात छ । पोखरामा २२ शव परिवारलाई हस्तान्तरण गरिएको थियो । यती एयरलाइन्सको एटिआर विमान दुर्घटनाको अध्ययन गर्न विमान निर्माता फ्रान्सेली कम्पनीको टोली पोखरा आएको छ । यो टोलीमा ९ जना छन् ।
टोलीले बुधबार नै प्रत्यक्षदर्शी र आसपासका घरमा घटनाका बारेमा जानकारी लिएको छ । मृतकबारे बुधबारै त्यो टोलीले जानकारी लिइसकेको छ । कास्कीका सिडिओ टेकबहादुर केसीले भने फ्रान्सेली टोलीसँग आफूहरुको कुरा नभएको बताए । ‘हाम्रो काम दुर्घटनामा पर्नेहरुको खोजी नै हो । प्रमाणहरु संकलन गर्ने हो । सुरक्षा निकायको त्यो टोलीले काम गरिरहेको छ,’ उनले भने ।
दुर्घटनाको जानकारी ‘ब्ल्याक बक्स’को आधारमा हुन्छ । नेपालमा ब्ल्याक बक्स रिडिङ गर्ने मेसिन नहुँदा अध्ययनका लागि फ्रान्स नै लैजानुपर्ने नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । नेपालमा पहिलोपटक एटिआर विमान दुर्घटना भएकाले पनि विमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो दिएको हो ।
आइतबार दुर्घटनामा परेको जहाजमा ७२ यात्रु थिए । तीमध्ये ७१ जनाको मृत्यु पुष्टि भइसकेको छ । नेपाल सरकारले पनि दुर्घटनाको अनुसन्धान गर्न पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको छ । त्यो आयोगले पनि काम सुरु गरिसकेको हो । त्यो आयोगले ब्ल्याक बक्सको रिपोर्ट कुरिरहेको हो । दुर्घटनाका बारेमा बिहीबार प्रतिनिधिसभामा पनि घटनाको बारेमा सत्य तथ्य छानबिन गर्न माग भएको छ ।

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया