पोखरा उद्योग वाणिज्य संघका सदस्यलाई मणिपालमा छुट

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघका सदस्यले मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने भएका छन् । संघ र मणिपाल अस्पताल पोखराबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएसँगै संघका साधारण सदस्यले सो सुविधा पाउने भएका हुन् ।
संघका अध्यक्ष पवनकुमार प्रजापति तथा मणिपाल शिक्षण अस्पताल पोखराका निर्देशक डा. अभिषेक मास्केबीच यसबारे सम्झौता भएको छ । अब संघका सदस्यले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्क लाग्ने छैन ।संघका सदस्यले मणिपालको साधारण बेडमा २५ प्रतिशत, निशुल्क डाक्टरी परामर्श, साधारण एमआरआइ र सिटी स्क्यानमा १० प्रतिशत छुट पाउने छन् ।
‘न्यूरो सर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अन्य शल्यक्रियामा १० प्रतिशत छु्ट दिइनेछ,’ सम्झौतापत्रमा भनिएको छ, ‘नियमित जाँचमा १५ प्रतिशत छुटको व्यवस्था छ ।’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिका अनुसार नियमित जाँचमा रगत, पिसाब, इसिजी, एक्सरे, युरिक एसिड, थाइराइड, युएसजीलगायत अस्पतालले प्रदान गर्ने सेवा छन् ।
‘हाम्रा साधारण सदस्यलाई थोरै भए पनि सहुलियत प्रदान गरौँ भन्ने हेतुले यो सम्झौता गरिएको हो’, अध्यक्ष प्रजापतिले भने, ‘हामीले मणिपाललाई हाम्रा साधारण सदस्यले संघले प्रदान गरेको परिचयपत्रकै आधारमा यो सेवा पाउनुहुनेछ । हामीले त्यसको जानकारी अस्पतालाई गराइसकेका छौँ ।’ संघका महासचिव बलराम आचार्यका अनुसार यो सम्झौताको अवधि १ वर्ष छ ।
२०७९ साल माघ ३ गतेबाट कार्यान्वयनमा आएको सम्झौत अर्को वर्षको माघ २ गतेसम्म कायम रहने छ । त्यसपछि पनि सम्झौता नवीकरण गरिने महासचिव आचार्यले बताए ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया