टाइगर कप: पहिलो खेलमा न्यू डायमन्ड र नेपाल आर्मी भिड्दै

पोखरा ।
तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९ पोखरा रंगशालामा आइतबारदेखि सुरु हुँदै छ । प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
आइतबार दिउँसो १ बजे प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गर्ने तय छ । प्रतियोगिताका खेल भने उद्घाटनअघि नै सुरु हुने टाइगर ग्रुप अफ पोखराकाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । आइतबार ३ खेल हुनेछन् । पहिलो खेल बिहान १० बजे महिलातर्फ न्यू डायमन्ड र नेपाल आर्मी भिड्ने छन् ।
दोस्रो खेलमा मध्यान्ह १२ बजे पुरुषतर्फ त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । दिउँसो साढे २ बजे आयोजक पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिसबीच खेल हुनेछ । राउन्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगिताको अन्तिम समयमा आएर महिलातर्फ नेपाल पुलिसले सहभागिता नजाउने बताएको टेक्निकल टिमका सदस्य टहलसिंह थापा मगरले जानकारी दिए ।
‘केही खेलाडी घाइते भएको र कोही बिरामी भएको कारण देखाउँदै नेपाल पुलिस महिला टिम अन्तिम समयमा नआउने घोषणा गर्यो,’ उनले भने । अन्तिम समयमा महिलातर्फकै अर्को १ विदेशी टोली भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्डसमेत नआउने भएको आयोजकले जनाएको छ ।
महिलातर्फ २ टोलीको सहभागिता नभएपछि आयोजकले गण्डकी प्रदेशको महिला टिमलाई प्रतियोगितामा सहभागी गराएको छ । गण्डकीको महिला टिममा ३ जना भारतीय खेलाडी टोलीमा समावेश गरिएको आयोजकले जनाएको छ । गण्डकीको कप्तानी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको गर्ने छिन् ।
प्रतियोगितामा पुरुषतर्फको १ विदेशी टिम सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंकाको सहभागिता छ । य पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, गण्डकी प्रदेशको टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा महिलातर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र होङ्गवान्जी न्यू डायमन्ड स्पोर्टस क्लब छन् । महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमलाई समान ५ लाख रुपैयाँ नगद, उपविजेता टिमलाई २ लाख ५० हजार, तेस्रो हुने टिमलाई नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई ६५ हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त दिइने छ ।
प्रतियोगितामा हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र ३ हजार बराबरको स्वास्थ्य परीक्षण कुपन दिइनेछ । महिला तथा पुरुषतर्फ उत्कृष्ट एक/एक खेलाडीले जनही २५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट प्रशिक्षकलाई समान नगद १० हजार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई थप आकर्षण बनाउन र दर्शकलाई सहज ढंगले खेल हेर्ने अवसर प्रदान गर्ने गरी विशेष प्रकारको प्यारापिट निर्माण गरिएको अध्यक्ष शर्माले बताए । ‘प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन एलइडी स्क्रिन राखिएको छ । हामीले दर्शकलाई सहज ढंगबाट खेल अवलोकन तथा मनोरञ्जन लिन अस्थायी प्यारापिट बनाएका छौं भने वृद्ध–वद्धाका लागि छुट्टै कुर्चीको व्यवस्थासमेत गरका छौं,’ उनले भने ।









कांग्रेसमा विशेष महाधिवेशनको दबाब: महामन्त्री थापालाई बुझाइयो स्मरण पत्र, पुस २८ सम्मको समयसीमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया