अली मियाँ पुरस्कारका लागि छनोट समिति

समाधान संवाददाता २०७९ माघ ८ गते १०:५३

पोखरा ।
अली मियाँ लोकवाङ्मय पुरस्कार २०७९ प्रदानका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । शनिबार बसेको अली मियाँ लोकवाङ्मय प्रतिष्ठानको बैठकले कार्यसमिति सदस्य लोकचन्द्र खनालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा फडिन्द्र अकिञ्चन र धनबहादुर गायक सदस्य छन् । यो पुरस्कारको राशि नगद २० हजार, सम्मानपत्र र दोसल्ला छ । लोककवि अली मियाँको १ सय ५ औं जन्म जयन्तीको अवसरमा आगामी फागुन १५ गते हुने कार्यक्रममा यो पुरस्कार प्रदान गरिनेछ । १९७५ सालमा पोखराको कुँडहरमा जन्मिएका अली मियाँको २०६३ साउन १७ गते निधन भएको थियो ।

यसअघि यो पुरस्कारबाट पद्यराज ढकाल, सोम बज्राचार्य, धनबहादुर गायक, सकुन ज्ञवाली, भीष्म बास्तोला, ऋतु लामा, अम्बिका भण्डारी लगायत सम्मानित भइसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया