बिटी कप २२ गतेबाट

पोखरा ।
बुद्ध टोल युवा क्लबले माघको तेस्रो साता १६ औं बिटी कप छैटौं वीरेन स्मृति सेभेन ए साइड खुला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
पोखरा महानगरपालिका १ पुरानो टुडिँखेल मैदानमा आगामी २२ गतेदेखि फागुन २ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । क्लब अध्यक्ष असिम थापाले फुटबलको विकास गर्ने उद्देश्यसहित विगत लामो समयदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको बताए ।
उनले क्लबका सल्लाहकार स्वर्गीय वीरेन गुरुङको स्मृतिमा विगतमा चैतमा प्रतियोगिता आयोजना गरिँदै आएकोमा यस पटक गुरुङको जन्मदिनको दिनदेखि सुरु गरिने जानकारी दिए । ‘प्रतियोगिता उहाँको स्मृतिमा चैतमा आयोजना गर्दै आएका थियौं’, अध्यक्ष थापाले भने, ‘चैत्रमा हावाहुरी र पानी पर्ने भएकाले दाइकै जन्मदिन पारेर प्रतियोगिता माघमा सारेका छौं ।’
उनले सो प्रतियोगिताको विजेतालाई सिल्ड, मेडल तथा प्रमाणपत्रसहित १ लाख ६१ हजार १ सय ५१ रुपैयाँ प्रदान गरिने जानकारी दिए । उपविजेताले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफीसहित ८ हजार दिइनेछ ।अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने बताए । यस्तै अनुशासित टिमलाई ९ हजार र ट्रफी दिइनेछ ।
प्रतियोगितामा करिब ४० टिमको सहभागिता रहने र आयोजनाका लागि करिब २३ लाख खर्च हुने अनुमान छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया