रोटरी क्लबद्वारा आँखा जाँच
समाधान संवाददाता
२०७९ माघ ८ गते ११:३२
पोखरा ।
रोटरी क्लब अफ पोखराको २५ औं स्थापना दिवसको अवसरमा क्लबले आँखा जाँच कार्यक्रम गरेको छ । हिमालय आँखा अस्पतालको सहयोगमा निशुल्क आँखा परीक्षण र चस्मा, औषधी वितरण गरिएको हो ।
यसबाट १ सय ६३ जना उक्त कार्यक्रमबाट लाभान्वित भए । सोही उपलक्ष्यमा सिलाइकटाइसम्बन्धी ३ महिने प्रशिक्षण र सौन्दर्य तालिमसमेत दिइएको छ ।
तालिमका ३५ जना सहभागी थिए । क्लबका पूर्वअध्यक्ष र पूर्व गभर्नर किरणलाल श्रेष्ठले रोटरी स्थापना कालदेखि नै शिक्षा, स्वास्थमा र महिला जागरणमा लागेको जानकारी दिए । कार्यक्रम सञ्चालन पूर्वअध्यक्ष मीनु श्रेष्ठ कुँवरले गरेकी थिइन् ।
सम्बन्धित








पशुपति मन्दिरको सभा
विद्यार्थीको दाँत जाँच
डुंगा दौड जित्नेलाई खसी
समानुपातिकमा २२ दलको मात्रै पूर्ण उम्मेदवारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया