कास्कीकाेटमा स्वास्थ्य शिविर सम्पन्न

समाधान संवाददाता २०७९ माघ ८ गते १२:३४

पोखरा ।
हाम्रो कास्कीकोट युवा सञ्जालको आयोजनामा शनिबार कास्कीकोटमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । शिविरमा ६५० जना सेवाग्राही लाभान्वित भएका थिए । शिविरमा दन्त परीक्षण सेवा, प्रसुती तथा स्त्रीरोग, बाल रोग, डायबिटिज (चिनीरोग), हाडजोर्नी समस्या, छाला तथा यौनरोग लगायतको परीक्षणका साथै निशुल्क औसधि वितरण गरिएको थियो ।

काठमाडौंको वीर र सिभिल हस्पिटल, पोखराको मनिपाल र गण्डकी हस्पिटल, वडाको स्वास्थ्य चौकीका कर्मचारी र स्वास्थ्य स्वयमसेवीकाको सहकार्यमा शिविर भएको युवा सञ्जालका स्वास्थ्य सल्लाहकार एवं शिविरका संयोजक डा दिपक मल्लले जानकारी दिए । शिविरमा बाँकी रहेको औषधी वडाको स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको मल्ले बताए ।

वडा अध्यक्ष भरतबहादुर अधिकारीले आफ्नो विशेष अतिथिय मन्तव्य राख्दै कास्कीकोटको हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने युवा सञ्जालले वडाका वासिन्दाको स्वास्थ्यलाई ध्यानमा राखी शिविर राखेकोमा खुसी व्यक्त गरे ।

Advertisement

प्रमुख अतिथि प्रदेश सभासद प्रकास बरालले विभिन्न समयमा सञ्जालले आयोजना गर्ने रचनात्मक कार्यक्रमवाट आफू प्रभावित भएको धारणा राखे । दोपहरे आमा समूहले स्वास्थ्यकर्मी समूह र स्वयमसेवीकालाई खाजा, खाना खुवाउनुका साथै पुष्प गुच्छाबाट स्वागत गरेका थिए ।

शिविरमा सहभागी स्वास्थ्यकर्मी, सहयोगदातालाई प्रमाणपत्र एवं मायाको चिनो प्रदान गरिएको थियो । सञ्जालका संयोजक शालिकराम शितल गिरीको अध्यक्षतामा सञ्चालित शिविरको औपचारिक सत्रको सञ्चालन संस्थाका ब्यवस्थापन संयोजक जीवन अधिकारीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया