हिसान फुटसल छनोट जारी

समाधान संवाददाता २०७९ माघ ८ गते १३:३२

पोखरा ।
हिसान गण्डकीको आयोजनामा पोखरामा प्रथम हिसान फुटसल प्रतियोगिताको कास्की छनोट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा करुणाधि एजुकेसन फाउन्डेसन, सगरमाथा मावि, कास्की मोडनाइ र जेसिए प्रवेश गरेका छन् ।

Advertisement

केफले सगरमाथालाई पेनाल्टी सुट आउटमा हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित २० मिनेटमा एक एक गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । सगरमाथा एले लिटिल स्टेपलाई ५–३ गोल अन्तरले, माउन्ट अन्नपूर्णले कास्की मोडनाइजलाई ५–२ र जेसिएले सृजना सेकेन्डरी स्कुललाई ३–२ गोलले हराउँदै सेमिफाइनल पुगेका छन् ।

शनिबार भएको पहिलो खेलमा सगरमाथा बिले बालोदयलाई ६–२, लिटिल स्टेपले प्रतिभा माविलाई १–०, केफले स्पाइरल ग्यालेक्सीलाई ३–१, सगरमाथाले शिशुनिकेतनलाई ४–१ ले, माउन्ट अन्नपूर्णले डाइमन्ड स्कुललाई २–१ ले, जेसिएले प्रगति बोर्डिङ स्कुललाई २–१, कास्की मोडनाइजले रेम्बो एकेडेमीलाई ३–१ ले र सृजनाले ग्लोबल कलेजियटलाई ट्राइबेकरमा हराउँदै क्वाटरफाइनलमा पुगे ।

आइतबारसम्म हुने प्रतियोगितामा २९ टिमको सहभागिता छ । प्रतियोगितामा हिसान गण्डकीको सदस्य विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले सहभागीता जनाएका छन् । कास्की जिल्लाबाट ८ टिम छनोट भई प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् । जिल्ला स्तरीय प्रतियोगिताको विजेता र उपविजेता टिम र उत्कृष्ट खेलाडीले मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।

कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए । फागुन पहिलो साता प्रदेशस्तरीय प्रतियोगिता हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफी र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफी प्राप्त गर्ने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया