जनजागरण स्कुललाई सहयोग

पोखरा ।
नीतिप्रेस मिडिया प्रालिको आयोजनामा जनजागरण आधारभूत सामुदायिक माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाहाचोकको विद्यालयमा न्यानो कपडा तथा स्टेसनरी सामाग्री वितरण भएको छ ।
नर्सरीदेखि कक्षा ५ सम्म पढ्ने सबै विद्यार्थीलाई न्यानो कपडा तथा स्टेसनरी सामाग्री वितरण गरिएको हो । टीका रिर्सोटका सञ्चालक संगीता पौडेलले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रम उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा टीका रिसोर्ट लेकसाइड, साई अर्चना हस्पिटल रानीपौवा, वैदेशिक रोजगार मञ्च लाहाचोक र मसलन्द तथा विविध सहयोगमा आर एन्ड आर ट्रेडर्स नागढुंगा, बन्जी नेपाल एड्भेन्चर रातोपहिरो र कञ्चन क्यापिटल विन्ध्यावासिनीले सहयोग गरेका थिए ।
नीतिप्रेस मिडियाका अध्यक्ष माधव पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमा सञ्चालन नीतिप्रेस मिडियाका सम्पादक रमानाथ पौडेल, विद्यालयका प्रध्यानाध्यापक भीमलाल पराजुली, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ का कार्यवाहक अध्यक्ष रवि अधिकारी, वडा सदस्य अर्जुन अधिकारी, विद्यालयका वैदेशिक रोजगार मञ्च लाहाचोकका प्रवक्ता कवि क्षेत्री, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष सृष्टि परियार, विद्यालय व्यवस्थापन समितिका सदस्य कल्पना सुनार, भूपू विद्यालय व्यवस्थापन समितिका सदस्य वीरबहादुर परियार सुनार लगायतले बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया