पर्यटन व्यवसायको प्रवद्र्धन गर्दै टेवान

पोखरा ।
पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान)ले व्यवसाय प्रवद्र्धनको लक्ष्यका साथ बिजनेस नेटर्किङ एन्ड फेलोसिप प्रोग्राम गरेको छ । विभिन्न व्यवसायसँग आवद्ध व्यवसायीबीच भाइचारा अभिवृद्धि गर्दै सामूहिक रुपमा व्यावसायिक सफलता हासिल गर्ने लक्ष्य अनुरुप कार्यक्रम आयोजना गरिएको टेवान अध्यक्ष कमला गिरीले बताइन् ।
विभिन्न व्यवसायमा आवद्ध व्यवसायी एवं व्यावसायिक संघ, संस्थाका अध्यक्ष एवं प्रतिनिधिसहित कार्यक्रममा ९५ जनाको सहभागिता थियो । टेवानका सल्लाहकार गणेशबहादुर भट्टर्राले व्यावसायिक सफलताका लागि सबै किसिमका व्यवसायीबीच समन्वय हुनु जरुरी रहेको बताए । यस किसिमका कार्यक्रमले सामूहिक रुपमा व्यवासायिक सफलता हासिल हुने औंल्याए ।
पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष कृष्ण भण्डारीले पर्यटनसँग सम्बन्धित मात्र नभई अन्य किसिमका व्यवसायीलाई पनि एकै थलोमा ल्याएर छलफल एवं अन्तरक्रिया गरिनु महत्वपूर्ण रहेको बताए । कार्यक्रममा संस्थाका महासचिव अनिता खड्का भट्टराई, संस्थापक अध्यक्ष लक्की कार्की, उपाध्यक्ष प्रभा सुवेदी, सदस्य एवं कार्यक्रम संयोजक शान्ता सुवेदी लगायतले बोलेका थिए ।








राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया