यातायात मजदुर संगठन महानगरमा विनोद

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पोखरा बस महानगर कमिटीको दोसो अधिवेशन भएको छ । अधिवेशनबाट अध्यक्ष विनोदप्रसाद पौडेलको नेतृत्वमा ११ सदस्यीय महानगर कमिटी सर्वसम्मत चयन गरिएको छ ।
कमिटीको उपाध्यक्ष लक्ष्मण भण्डारी, सचिव दुर्गा भुजेल गुरुङ, सहसचिव रामबहादुर राई र कोषाध्यक्ष गुप्तमान श्रेष्ठ रहेको संगठनका गण्डकी प्रदश कमिटी सचिव बेनीराज थिङले जानकारी दिए । सदस्यमा यादवप्रसाद तिमिल्सिना, नवराज अर्याल, राजकुमार दमै, माधव भण्डारी, दीपक मगर, उदयराज आचार्य छन् । कमिटीको सल्लाहकारमा कृष्णप्रसाद पौडेल छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा जिफन्टले पहल गरेको बताए । उनले सवारी दुर्घटना न्यूनीकरणका लागि संगठनले सरोकारवाला निकायको समन्वयमा सचेतना अभियान चलाएको जानकारी दिए ।
कार्यक्रममा यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेश इन्चार्ज विष्णुबहादुर पराजुली, संगठन गण्डकी प्रदेश कमिटी अध्यक्ष विष्णुबहादुर खत्री क्षत्री, गण्डकी प्रदेश कमिटी सचिव तथा महानगर कमिटी अध्यक्ष बेनीराज थिङ लगायतले यातायात मजदुरका सवालका बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया