गण्डकीमा घटाइयो मन्त्रालय, अब ७ मात्रै

गण्डकी प्रदेशमा ७ वटा मन्त्रालय राख्ने निर्णय सोमबारको प्रदेश मन्त्रिपरिषद बैठकले गरेको छ । सोमबार बिहान साढे ९ बजे बसेको मन्त्रिपरिषद् बैठकले ७ वटा मन्त्रालय र ती मन्त्रालयको कार्यक्षेत्रका बारेमा समेत टुंगो लगाएको हो ।
मन्त्रालयको संख्या घटाउने एजेन्डामा छलफल गर्न मुख्यमन्त्री निवासमा सोमबार बिहान सत्ता गठबन्धनको बैठक बसेको थियो । उक्त बैठकले टुंग्याएको विषयलाई मन्त्रिपरिषदबाट पारित गरिएको हो ।
संविधानले प्रदेश सभा सदस्यको २० प्रतिशत मन्त्री बनाउन सकिने व्यवस्था गरेको छ । ६० सदस्यीय प्रदेश सभा रहेकोमा गण्डकीमा १२ जना मन्त्री बनाउन मिल्छ । पूर्ववर्ती नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारमा १२ मन्त्री थिए ।
नवनिर्वाचित सरकारले भने ७ मन्त्रालय बनाएर आर्थिक भार कम गर्ने भएको हो । गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि सुरुमा ७ र पछि ८ मन्त्री बनाएका थिए ।






फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया