मसलन्द संंघमा विचित्रनाथ

समाधान संवाददाता २०७९ माघ ९ गते ११:४६

लेखनाथ ।
नेपाल मसलन्द तथा शैक्षीक सामग्री उद्योग संघ गण्डकी प्रदेशको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि विचित्रनाथ ढुंगानालाई अध्यक्ष चुनेको छ ।

Advertisement

संघको शनिबार भएको अधिवेशनले निवर्तमान सचिव ढुंगानाको अध्यक्षतामा आगामी २ वर्षका लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । सचिवमा शिवप्रसाद तिवारी, कोषाध्यक्ष महेन्द्र कुवँर र सदस्यमा झलकबहादुर क्षेत्री छन् ।

कार्यक्रममा नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका केन्द्रीय सदस्य गोपालप्रसाद गैरेले स्वदेशमा नै कच्चा पदार्थ उत्पादन नहुँदा आयातीत सामग्रीले गर्दा लागत मूल्य बढी हुदाँ विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन भएको बताए ।

संघका अध्यक्ष कृष्णराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा स्टेसनरी व्यवसायी संघ कास्की अध्यक्ष कविन्द्र पोख्रेल, तनहुँ अध्यक्ष शिव पौडेल, स्टेसनरी व्यवसायी संघ गण्डकी प्रदेश सचिव कृष्ण पोख्रेल, मुद्रण संघ गण्डकी प्रदेश प्रदेश अध्यक्ष वसन्त बास्तोला लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया