लेखनाथ सामुदायिक सहकारीको प्रशिक्षण
लेखनाथ ।
पोखरा २७ को तालचोकमा रहेको लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारी सस्थाले आफना सेयर सदस्यहरुका लागि विक्तिय साक्षरता तथा सहकारी शिक्षा कार्यक्रम संचालन गरेको छ ।
सेयर सदस्यहरुले लगानी मात्र गर्ने होईन सस्थाले गरेका गतिविधीका वारेमा जानकार पनि हुनु पर्छ भन्ने मान्यताले राखिएको कार्यक्रममा कार्यकारी अधिकृत संकर पौडेलले सस्थाको वित्तिय अवस्था र आगामी दिनका लागि अगाडी सारिएका योजनाका बारेमा जानकारी गराएका थिए ।
दुई चरणमा गरिएको कार्यक्रम अन्तरगत किसान केन्द्रित कार्यक्रममा लहरेवाली उत्पादनका तरिकाका वारेमा कृर्षि विज्ञ कृष्ण तिवारी र कृषि सेवा केन्द्र शिसुवाका प्रमुख जिवन सुवेदीले वाली लगाउने तरिका,विरुवा उत्पादन देखि रोग निवारणका उपायहरुका बारेमा जानकारी गराएका थिए ।
सस्थाका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हिमालय ओझाले स्वागत मन्तव्य राखेका थिईन ।







जलनको पीडा रोकथामप्रतिको उदासिनता
सम्पादकीय—अर्थतन्त्रका चुनौतीहरु
जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया