जहाज दुर्घटना: ६० शव बुझाइयो

समाधान संवाददाता २०७९ माघ १० गते ११:०९

पोखरा ।
यती एयरलाइन्सको ९एन–एएनसी एटआर ७२ जहाज दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई शव हस्तान्तरण गरिएको छ ।

Advertisement

यती एयरलाइन्सका अनुसार जहाज दुर्घटनामा मृत्यु भएका ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइएको हो । हालसम्म ७० शवको पोस्टमार्टम सकिएको कम्पनीले जनाएको छ ।

फोरेन्सिक मेडिसिन विभाग महाराजगन्ज काठमाडौंका अनुसार सनाखत भएका ४ जनाको शव हस्तान्तरण गर्न बाँकी रहेको र सनाखत नभएका ६ जनाको शव सनाखत गरी हस्तान्तरण प्रक्रियामा छ ।

हराइरहेका २ जनाको खोजी कार्य जिल्ला प्रशासन कार्यालय कास्कीले जारी राखेको र घटनास्थलबाट संकलन गरी फोरेन्सिक विभागमा ल्याइएका मानव अंगहरुको डीएनए परीक्षण कार्य पनि सँगसँगै भइरहेको यती एयरलाइन्सले जनाएको छ । कम्पनीले यसमा आवश्यक समन्वयको काम गरिरहेको जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया