खगेन्द्रको कथा कृति ‘दाेष कसकाे’

समाधान संवाददाता २०७९ माघ १० गते ११:३६

पोखरा ।
कानुन व्यवसायी खगेन्द्रराज घिमिरेले फरक परिचय स्थापित गरेका छन् । उनको कथा सञ्चयन दोष कसको बजारमा आएको छ । कार्यक्रममा दीपक पराजुलीले लेखकले आफ्नै बाल्यावस्था, युवावस्था र वर्तमान प्रौढ अवस्थामा देखे, भोगेका पारिवारिक, व्यावसायिक तथा समसायियक घटनाक्रमलाई नै आख्यानीकरण गरेको उल्लेख गरे । पराजुलीले लेखकबाट भविष्यमा पनि थप रचनाको अपेक्षा राख्न सकिने बताए ।

पुस्तककी प्रकाशक अस्मिता घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन व्यवसायी शेषकान्त शर्मा, सुरेश ढकाल, साहित्यकार शिव संकल्पलगायतले बोलेका थिए । संग्रहमा १६ कथा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया