नेपाल रेडक्रस सोसाइटी पोखरा २७ को सभा

समाधान संवाददाता २०७९ माघ १० गते ११:३७

लेखनाथ ।
नेपाल रेडक्रस सोसाइटी पोखरा २७ उपशाखाको २५ औं वार्षिक साधारण सभा भएको छ । सभामा नेपाल रेडक्रस सोसाइटी कास्की साखाका सभापति दण्डराज शर्माले १ सय ६० वर्ष पुरानो संस्था रेडक्रसले आपतविपतमा परेका मानवका लागि सेवा गर्ने बताए ।

Advertisement

कार्यक्रममा उपशाखाका स्थापना कालदेखि नै सहयोग पुर्‍याउँदै आएका पूर्व अध्यक्ष प्रकाशलाल श्रेष्ठ, आजीवन सदस्य ईन्द्रमणि लामिछाने र लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मालाई सम्मान गरिएको छ ।

कार्यक्रममा पोखरा २७ भित्र रहेका सामुदायिक तथा निजी विद्यालयका लागि प्राथमिक उपचार बक्स प्रदान गरिएको थियो ।

Advertisement

उपशाखा सभापति तिलकशाली सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा हिरामणि सुवेदी, लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव जानुका अधिकारी, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, युवा सर्कलका अध्यक्ष सूर्य भट्टराई, महिला संयोजक गीता लामिछाने, सचिव गोपालमणि लामिछाने, कोषाध्यक्ष शिवमोहन अधिकारीले आर्थिक प्रतिवेदन, उपाध्यक्ष रक्षा भट्टराई, सदस्य विष्णुकुमारी लामिछाने लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया