पोखरा महोत्सवमा लक्ष्मणको टिकटक भिडियो उत्कृष्ट

पोखरा ।
पोखरा महोत्सवमा आयोजित टिकटक प्रतियोगिताको उपाधि लक्ष्मण गोलेले हात पारेका छन । गोलेले नगद ३० हजार र प्रमाणपत्र पाए । गोलेले महोत्सव स्थलमा राखिएको टिकटक निर्माण स्थलमा टिकटक बनाएर सर्वाधिक भ्युज बनाउन सफल भएका थिए । गोलेको भिडियोले १.९ मिलियन भ्युज पाएको छ ।
प्रतियोगितामा जमुना थापा मगरले १.६ मिलियन भ्युज बटुल्दै दोस्रो स्थान हासिल गरिन् । उनले नगद २० हजार र प्रमाणपत्र पाइन् । प्रतियोगितामा ४ सय ५० भन्दा बढीले भाग लिएका थिए ।
महोत्सव आयोजक युनाइटेड क्लबले टिकटकलाई रमाइलो मात्र नभई संस्कृति संरक्षण र सभ्य समाज निर्माणसँगै टिकटक चलाएर पनि प्रतियोगितामा सहभागी हुन सकिने महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले बताए ।
महोत्सव १३ औं दिनसम्म आइपुग्दा करिब २ लाख ४० हजारले अवलोकन गरेका छन् । सोमबारसम्म ८ करोड ६० लाख कारोबार भएको महोत्सवका अर्थ व्यवस्थापन उपसमिति संयोजक सूर्यबहादुर बानियाँले जानकारी दिए ।
सोमबार महोत्सवमा उपस्थित दर्शकलाई चर्चित लोकदोहोरी गायक श्याम राना, अस्मिता डल्लाकोटी, जीवन दाहाल, शिवहरि ढुंगाना, मधु थापा मगर, किसन नेपाली, सानु विकास, कमला सुनार लगायतले मनोरञ्जन दिए ।
महोत्सवको अन्तिम दिन मंगलबार लोकदोहोरीतर्फ प्रजापति पराजुली, जीवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, शिवहरि ढुंगाना, तुलसा जिसी, दुर्गा क्षेत्री, कमला सुनार लगायतको प्रस्तुति रहनेछ । साँझको कन्सर्टमा ¥यापर माइलाले मनोरञ्जन दिने छन् ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया