लेखनाथ क्लबको सभा
समाधान संवाददाता
२०७९ माघ १० गते १२:२८
लेखनाथ ।
स्थानीय स्तरको विकास, निर्माणमा सहकार्य गर्ने उद्देश्यका साथ स्थापना भएको लेखनाथ क्लबको १३ औं साधारण सभा भएको छ । सभामा पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले विकास र सुशासनका लागि स्थानीय संघ, संस्थासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता गरे ।
क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी प्रयागराज भण्डारी, राइजिङ स्टार युवा क्लबका अध्यक्ष विष्णु गुरुङ, वगादी क्लबका निवर्तमान अध्यक्ष गंगा तामाङ, क्लबका उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ र सचिव सन्तोष सापकोटाले बोलेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया