आजै गण्डकी मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, को को थपिँदैछन् मन्त्री ?

समाधान संवाददाता २०७९ माघ १० गते १७:१३

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन्। ७ सदस्यीय मन्त्रिपरिषद बनाउने निर्णय गरेका उनले सत्ता साझेदार दलबाट बन्ने मन्त्रीहरुको नाम टुंग्याएका हुन् । त्यसैका लागि सोमबार उनी काठमाडौं गएका थिए ।

Advertisement

आफ्नै पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मुख्यमन्त्री अधिकारी मंगलबार बिहान ११ बजे पोखरा फर्किएका थिए ।

Advertisement

पुस २५ गते आफू मुख्यन्त्री नियुक्त हुँदाकै दिन ३ जना विना विभागीय मन्त्री नियुक्त ४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका अधिकारीले मंगलबार अरु ३ मन्त्री नियुक्त गरी मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन् । एमालेका रोशन गाहा थापामगर, वेदबहादुर गुरुङ श्याम र माओवादीका रेशम जुग्गाली मन्त्री बन्ने स्रोतले जनाएको छ ।


यसअघि माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङ विनाविभागीय मन्त्री २५ गते नियुक्त भएका थिए ।

तपाईको प्रतिक्रिया