राेशन गाह बने गण्डकी प्रदेशकाे अर्थमन्त्री, कसले कुन मन्त्रालय पाए ?

समाधान संवाददाता २०७९ माघ १० गते १८:१६

पाेखरा ।

एमाले नेता एवं प्रदेश सभा सदस्य राेशन गाह मगर गण्डकी प्रदेश सरकारकाे अर्थ मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्री मण्डल बिस्तार गर्नुका साथै जिम्मेवारी बाँडफाँड गरेका छन् ।

एमालेकाे संसदीय दलमा सचेतकमा नियुक्त भएका गाहा मगर पहिलाे प्रदेश सभामा पनि नवलपुरबाट प्रत्यक्ष निर्बाचन जितेर साँसद बनेका थिए । उनी पहिलाे चरण मै मन्त्री बन्ने हल्ला थियाे ।

Advertisement

मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहा मगरलाई आर्थिक मामिला मन्त्रालय, एमालेकै सीता सुन्दासलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा दिएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री, माओवादीकै रेशम जुग्जाली उद्योग,पर्यटन, वन तथा वतावरण मन्त्री, राप्रपाका पञ्चराम तमु सामाजिक विकास तथा स्वास्थ्यमन्त्री र एमालेका वेदबहादुर गुरुङ कृषि तथा जलस्रोत मन्त्री बनेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया