प्रभुका पाइलटलाई अभद्र व्यवहार गर्ने ६ पक्राउ

समाधान संवाददाता २०७९ माघ ११ गते ११:०५

पोखरा ।
प्रभु हेलिकप्टरका पाइलटलाई अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार स्याङ्जाको वालिङ नगरपालिका–८ मा फुटबल खेल जारी रहेको खेलमैदानमा हेलिकप्टर अवतरण गरेका प्रभु हेलिकप्टरका पाइलट क्याप्टेन रनेश डंगोललाई अभद्र व्यवहार गरेको आरोपमा उनीहरुलाई वडा प्रहरी कार्यालयले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता पदमराज थापाले जानकारी दिए ।

Advertisement

पक्राउ पर्नेमा हेलिकप्टर चढेर पोखरादेखि वालिङ आएका ४ यात्रु तथा खेल भइरहेको स्थानमा हेलिकप्टर अवतरण गरेपछि अभद्र व्यवहार गर्ने २ जना छन् । उनीहरुमाथि अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

हेलिकप्टरमा आएका यात्रुमा वालिङका विनोद गैरे, उज्ज्वल थापा, सुशील गिरी र खीमबहादुर राना छन् । उनीहरुले पाइलट डंगोललाई जबरजस्ती खेल भइरहेको मैदानमा हेलिकप्टर अवतरण गर्न लगाएको प्रहरी प्रवक्ता थापाले बताए ।

हेलिकप्टर अवतरण गरेपश्चात पाइलटमाथि वालिङका यामबहादुर गुरुङ र सुरेश श्रेष्ठले अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । स्थानीय प्रशासन तथा खेल आयोजक क्लबलाई पूर्वसूचना नदिईकन खेल भइरहेको स्थानमा हेलिकप्टर अवतरण गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया