टाइगर कपमा विभागीयको जित

समाधान संवाददाता २०७९ माघ ११ गते ११:१०

पोखरा ।
पोखरामा जारी तेस्रो टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत भएका ४ वटै खेलमा विभागीय टिम विजयी भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगितामा मंगलबार भएका खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल पुलिस क्लब विजयी भएका हुन् ।

एपिएफले होङवान्जी न्यू
डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दा गण्डकी प्रदेश आर्मीसँग ३–० को सोझो सेटमा पराजित भयो । पहिलो खेलमा एपिएफले न्यू डायमण्डलाई पहिलो सेटमा २५–१५, दोस्रो सेटमा २५–२० र तेस्रो सेटमा २५–७ ले जित निकाल्यो ।

Advertisement

उक्त खेलका एपिएफकी प्लेयर अफ दि म्याच एपिएफकी सरस्वती चौधरी घोषित हुँदा बेस्ट स्पाइकरमा निरुता ठगुन्ना घोषित भइन् ।

दोस्रो खेलमा नेपाल आर्मीले गण्डकीलाई पहिलो सेट २५–१०, दोस्रो २५–१६ र तेस्रो सेट २५–१६ ले पराजित गर्न सफल भयो । उक्त खेलमा आर्मीकी सोफिया पुन प्लेयर अफ दि म्याच हुँदा बेस्ट स्पाइकर सुनिता खड्का भइन् ।

Advertisement

महिलातर्फ आर्मी र एपिएफ समान २ खेलबाट जित निकाल्दै ६–६ अंक प्राप्त गर्दा न्यू डायमन्ड र गण्डकी अंकविहीन छन् ।

पुरुषतर्फको खेलमा पुलिसले सेन्ट जोशेफ वाज स्पोर्टस क्लब श्रीलंकालाई ३–२ को सेटमा पराजित गर्‍यो । पहिलो २ सेट श्रीलंकालाई सुम्पिएको पुलिसले पछिल्ला ३ सेटमा जित निकाल्दै खेल आफ्नो पक्षमा पार्‍यो ।

पहिलो सेट १९–२५ र दोस्रो सेट २३–२५ ले गुमाएको पुलिसले पछिल्ला ३ सेट २५–२३, २५–१९ र २५–१३ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

अर्को खेलमा आयोजक गण्डकी प्रदेश एपिएफासग ३–१ ले पराजित हुनु पर्‍यो । खेलमा पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२३ ले गुमाएको गण्डकीले तेस्रो सेट २५–२० ले गण्डकीले आफ्नो पक्षमा पारेको थियो ।

तर, चौथो सेटमा २५–१९ ले एपिएफले आफ्नो पक्षमा पर्दै खेल जित्न सफल भयो । खेलमा एपिएफका विजय थापा प्लेयर अफ दि म्याच र वेष्ट स्पाइकर टेकराज अवस्थी घोषित भए ।

महिला–पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई समान ५ लाख रुपैयाँ नगद, उपविजेता टिमलाई समान नगद २ लाख ५० हजार, तेस्रो हुने टिमलाई समान १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई ६५ हजारसहित ट्रफी र प्रमाणपत्र दिइनेछ ।

महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीले जनही नगद २५ हजार प्राप्त गर्ने छन् भने हरेक विद्याका उत्कृष्ट प्रशिक्षकलाई नगद समान नगद १० हजार र ट्रफीसहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया