लेखनाथ खानेपानीमा एएमएस प्रणाली

लेखनाथ ।
लेखनाथ खानेपानी उपभोक्ता संस्थाले मंगलबारबाट एएमएस प्रणाली लागू गरेको छ । संस्थाले मंगलबारबाट खानेपानी वितरण प्रणालीलाई थप व्यवस्थित बनाउनका लागि सम्पती सुव्यवस्थीत प्रणाली (एएमएस) सुरु गरेको हो ।
खानेपानी तथा ढल व्यवस्थापन बिभागको पहलमा एसियाली विकास बैंकको २ लाख डलर आर्थिक सहयोगमा संस्थाले सिस्टम प्रयोगमा ल्याएको हो ।
यो सिस्टम अन्तर्गत संस्थाले नोबेल सिस्टमले विकास गरेको जियोभ्युअर मोबाइल एप्लिकेसन प्रयोगमा ल्याउनेछ भने उपभोक्ताले खानेपानी संस्थाकै मोबाइल एप्लिकेसन प्रयोगमा ल्याउन सक्ने संस्थाका अध्यक्ष मुरारी शर्माले बताए ।
यो प्रणाली लागू भएपछि खानेपानी संस्थाको अवस्थाबारे जानकारी प्राप्त हुनुका साथै पाइपमा पानीको वहाव के कति छ, चुहावट छ छैन लगायतको विषयमा पनि जानकारी प्राप्त हुने कार्यालय प्रमुख शिवप्रसाद अमात्यले जानकारी दिए ।
उपभोक्ताले पनि अनलाइनमार्फत गुनासा राख्न सक्ने र गुनासाको सम्बोधन भयो भएन, कति समयमा हुन्छ भन्नेसमेत घरमै बसेर थाहा पाउन सक्ने छन् ।
यो प्रणालीले उपभोक्ताको समय र पैसाको बचत हुनुका साथै संस्थाप्रतिको विश्वसनीयतासमेत बढेर जाने एडिबी नेपालका नगर विकास विज्ञ शिवप्रसाद पौडेल बताउँछन् ।
खानेपानी तथा ढल निकास विभागका निर्देशक रमाकान्त दवाडीले संस्थाले प्रशंसनीय र उदाहरणीय काम गरेको बताए ।
कार्यक्रममा नेबेल सिस्टमका अध्यक्ष माइकल सामुयल, एसियाली विकास बैंकका वरिष्ठ जलस्रोत विज्ञ जियोफ्रे विल्सन, संस्थाका सचिव नारायणी भटृराई (रक्षा), उपाध्यक्ष पुष्पकमल ढुंगाना लगायतले बोलेका थिए ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया