पोखरा लिंकन कलेजमा खेलकुद

पोखरा ।
पोखरा लिंकन इन्टरनेसनल कलेजमा बिबिए र बिएचएम संकायका विद्यार्थीबीच खेलकुद प्रतियोगिता भएको छ । ४ माघमा सुरु भएको प्रतियोगिता शुक्रबार सकिएको हो ।
३ दिनसम्म सञ्चालित कार्यक्रममा फुटबल, भलिबल, बास्केटबल, टेबलटेनिस र डोरी तान्ने खेल खेलाइएको थियो । फुटबलमा १२ टिम, भलिबलमा ८ टिम, बास्केटबलमा (छात्र छात्रा गरी) ११ टिम, टेबलटेनिस सिंगलमा २४ जना, टेबलटेनिस डबलमा १४ टिम र डोरी तान्ने खेलमा ७ टिम सहभागी थिए ।
फुटबल गल्समा बिएचएम प्रथम, बिबिए दोस्रो, फुटबल ब्वाइजमा बिबिए प्रथम सेमेस्टर प्रथम, बिएचएम छैटौं सेमेस्टर ए दोस्रो बने । बास्केटबल ब्वाइजमा बिएचएम दोस्रो सेमेस्टर ए प्रथम र बिबिए चौथो सेमेस्टर दोस्रो भएका छन् ।
बास्केटबल गल्समा टिम एले प्रथम स्थान हासिल गर्न सफल भएको छ । भलिबल ब्वाइजतर्फ बिएचएम चौथो सेमेस्टर बि प्रथम, बिएचएम चौथो सेमेस्टर ए दोस्रो हुँदा भलिबल महिलातर्फ बिएचएमको टोली प्रथम बनेको छ ।
टेबल टेनिस डबल्ःसमा अमिस ढकालको टोली प्रथम र सन्देस रानाको टोली दोस्रोे भए । टेबल टेनिस सिंगल ब्वाइजमा अमिस ढकाल प्रथम स्थान र आभास थापा दोस्रो भए ।
टेबल टेनिस सिंगल गल्र्सतर्फ अमिसा गुरुङ प्रथम र सुमिना गुरुङ दोस्रो् भए । डोरी तान्ने खेलमा बिएच्एम प्रथम सेमेस्टर पहिलो र बिएचएम छैटौं सेमेस्टर दोस्रो ठहरिए ।
कार्यक्रममा कलेजका कार्यकारी निर्देशक राजकुमार गुरुङ, संस्थाका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङ, संस्थापक प्रचार्य पम्फा गुरुङ लगायतले बोलेका थिए ।
पोखरा लिंकन पोखराको मध्य भाग सिमलचौरमा अवस्थित मलेसियाको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कलेज हो । यसले नेपालको शिक्षा मन्त्रालयबाट अनुमति र त्रिभुवन विश्वबिद्यालयबाट समकक्षता प्राप्त गरेको छ ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया